आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

श्रीलंका र नेपालका राजपाक्षेहरू

  • प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७९



  • काठमाडौं । उन्नाइसौँ शताब्दी युरोपको र बीसौँ शताब्दी अमेरिकी प्रभुत्वमा थियो। एक्काइसौँ शताब्दी एसियाको हुँदैछ। विश्वको आर्थिक समुन्नतिको भविष्य एसिया बन्दैछ। स्वीकार गर्नैपर्ने बाध्यता भए पनि शक्तिशाली युरोप र अमेरिकाका लागि यो सहनीय कुरा हुँदैन। यसैले एक्काइसौँ शताब्दीको इतिहास लेख्ने अवसर पाएको एसियाका लागि धारिलो चुनौती र जोखिम सँगसँगै आएको छ। सामरिक भूस्थापन भएका अथवा शासन र कूटनीतिमा स्वच्छन्द भएर उछलकुद गर्ने बानी लागेका शासकहरूद्वारा शासित देशहरूका लागि त विपत्ति मौका पर्खेर नै बसेको छ।

    युक्रेनमा रुस र नेटोबीच सुरु भएको भिडन्तले समकालीन भूराजनीतिको सन्दर्भमा ल्याएको आधारभूत परिवर्तन तथा विश्व सम्बन्धमा सुरु गरेको समायोजन र पुनरसमायोजन प्रक्रियालाई बेवास्ता गर्दै स्वच्छन्द कूटनीतिको प्रयोग गर्दा पाकिस्तानका निर्वाचित प्रधानमन्त्री इमरान खानले एक्कासि फेरिएको राजनीतिक मौसममा निथ्रुक्क भिजेर अपदस्थ हुनुपर्‍यो। ‘रुस र चीनविरुद्ध साथ नदिएपछि अमेरिकी अगुवाइमा मलाई हटाउने षड्यन्त्र भयो’ ९बिबिसी १० अप्रिल २०२२० भन्ने उनको भनाइले असुरक्षा निकै बाक्लो भएको बताउँछ।

    यसैगरी जहाज परिबहनको सामरिकरूपमा महत्वपूर्ण चौबाटोमा रहेको श्रीलङ्का भूराजनीतिक स्थापनको सम्वेदनशीलतालाई उपेक्षा गर्दा ७४ वर्षको जीवनमा पहिलोपटक दुर्घटना भोगेको छ। २६ वर्ष लामो गृहयुद्धमा पनि जीवन्त रहेको श्रीलङ्काको प्रजातन्त्रले शान्तिकालमा निर्वाचित शासकहरूबाटै धोका खाएको छ। परिणाममा अढाइ वर्षअघि मात्र अत्यधिक बहुमत पाएर निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीलाई असंगठित जनताको नेतृत्वहीन भिडले पदच्युत गरेको छ। जनताले ठाडो हस्तक्षेप गर्नुपर्ने असामान्य स्थिति जनप्रतिनिधि प्रणालीको असफलता हो। जनता सडकमा आएपछि राष्ट्रपति ज्यान बचाएर सिंगापुर भागे।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij