आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घरमा यी तस्बिर राख्नुहोस्, खुल्नेछ सफलताको बाटो

  • प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७९



  • काठमाडौं । घरमा कुन तस्वीर राख्ने भन्ने कुरा प्राय मानिसहरुलाई हेक्का हुँदैन । घरमा राखिने तस्बिरहरुले पनि हाम्रो घरको वास्तुमा प्रभाव पारिरहेको हुन्छ । घरमा रखिने तस्बिरका कारण कतिपय मानिसहरु कुनै न कुनै कारणले र कहिले विना कारण दुखी हुने गर्दछन् । जसले गर्दा उनीहरुको आत्मविश्वास र मनोबल डगमगाउँछ। वास्तु विग्रदा कुनै पनि नयाँ काम गर्ने रुचि नहुने, काम गर्ने जागर बिस्तारै घट्दै जाने हुन्छ । यस्तो अवस्थामा धेरै यस्ता तस्विरहरु छन्, जसलाई घरमा राखेर तपाईको हराएको आत्मविश्वास फिर्ता ल्याउन सकिन्छ ।

    घरमा राख्नुहोस् यी तस्बिरहरु

    अग्ला पहाड र उड्ने चराहरु– यदि कसैलाई आत्मविश्वास र मनोबल बढाउन आवश्यक छ भने तपाईले अग्ला पहाडका तस्बिरहरु वा चरा उडीरहेको तस्बिर राख्न सक्नुहुनेछ ।
    यी तस्बिरले तपाईको वरिपरि सधैं सकारात्मकता ल्याउने काम गर्दछ । त्यसैले आत्मविश्वास र मनोबल कमजोर भएका व्यक्तीले आत्मविश्वास बढाउन अग्लो पहाड वा उडिरहेको चराको तस्बिर लगाउनुपर्छ ।

    यी तस्विरहरूले यसरी काम गर्नेछन्– जसरी चरा नयाँ गन्तव्यको खोजीमा आकाशमा उड्छ र पहाडमा आँधी होस् वा आँधी सधैं आफ्नो ठाउँमा अडिग रहन्छ। त्यसैगरी उनीहरुको तस्विर देख्दा पनि मानिसमा उत्साह र आत्मविश्वास बढ्छ ।

    राधा कृष्णको तस्बिर – तपाईं विवाहित हुनुहुन्छ र आफ्नो जीवनमा प्रेमको रस ल्याउन चाहनुहुन्छ भने आफ्नो घरमा राधा कृष्णको तस्बिर राख्नुहोस्। वास्तु विज्ञानमा राधाकृष्णको तस्विरलाई निकै शुभ मानिन्छ ।

    यो तस्विर घरमा कहिल्यै नराख्नुहोस् :

    -समुद्रमा उठ्ने छालको तस्विर पनि घरमा राख्नु हुँदैन । यस्तो तस्विर राख्दा मानसिक अशान्ति रहन्छ र सम्बन्धमा तनाव आउँछ ।

    -गिद्ध, उल्लु, परेवा, काग, बाज र बंकुल्ला जस्ता पंक्षीहरुको तस्बिर घरमा राख्नुहुँदैन ।

    -सर्प र गोहीजस्ता जीवहरुको तस्बिर, चित्र र त्यस्तै आकार–प्रकारका बस्तुहरु घरमा राख्नाले दोष लाग्ने वास्तुग्रन्थमा लेखिएको छ ।

    -सुंगुर, बाँदर, ऊँटको साथमा अन्य जंगली जनावरहरु जस्तै सिंह, स्याल, बिरालो जस्ता मांशाहारी पशुहरुको तस्बिर पनि घरमा राख्नुहुँदैन ।

    -रामायण वा महाभारतको कुनैपनि प्रकारको युद्धको चित्र घरमा हुनु अशुभ मानिन्छ ।

    -रोएको मानिस, राक्षस र भुत–प्रेतको डरलाग्दो तस्बिर घरमा हुनुलाई राम्रो लक्षणमा मानिँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij