आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

  • प्रकाशित मिति : बुधबार, साउन ४, २०७९



  • मकवानपुरको हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका छन्।

    बुधबार बिहानदेखि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। पछि आन्दोलनले उग्र रूप लिएपछि विद्यार्थीहरूले क्याम्पसमा ढुंगामुढा गरेका हुन्।

    मंगलबारबाट स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू भएको थियो। कलेजमा परीक्षा दिन पुगेका दुई जना छात्रालाई त्यहाँका कर्मचारीले चिट ल्याएको भन्दै कपडा खोल्न लगाएको छात्राहरूले बताएका छन्।

    ती छात्राहरू मकवानपुर क्याम्पसका हुन्। उनीहरूको परीक्षा केन्द्र हेटौंडा क्याम्पसमा परेको हो।

    मकवानपुर क्याम्पसका एक विद्यार्थीका अनुसार क्याम्पसका कर्मचारीहरूले त्यसरी दुर्व्यवहार गरेपछि बुधबार आन्दोलन गरिएको हो।

    ‘हिजो त्यसरी दुर्व्यवहार गरेको बाहिरिएपछि हाम्रो क्याम्पसबाट आज बिहान ९ बजे सबै आन्दोलन गर्न निस्किएका थियौं,’ ती विद्यार्थीले भने, ‘चिट ल्याएको भन्दै कपडा खोल्न लगाएका रहेछन्।’

    क्याम्पसले पनि विज्ञप्ति जारी गरी यस घटनाबारेमा छलफल भइरहेको र छानबिन हुने जनाएको छ।

    ‘यसबारेमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग छलफल भइरहेको र छानबिन गरी दोषी प्रमाणित भएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ क्याम्पस प्रमुखले हस्ताक्षर गरेको विज्ञिप्तिमा भनिएको छ।

    छलफल भइरहेको हुँदा सबैलाई संयमित भइदिन पनि क्याम्पसले अनुरोध गरेको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।

    प्रहरीले तोडफोडमा संलग्न चार जना विद्यार्थीहरूलाई पनि नियन्‍त्रणमा लिएको थियो। अहिले उनीहरूलाई छाडिसकेको छ।क्याम्पस प्रशासन र विद्यार्थीहरूबीच सहमति पनि भइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

    ‘परीक्षा दिन जाँदा क्याम्पसका महिला कर्मचारीले चेक गर्दा दुर्व्यवहार भयो भन्ने कुरा आयो। सुरूमा एक जना छात्राको टाइबाट चिट फेला पर्यो। अर्कोमा पनि चेक गर्दा चिट निस्कियो,’ कार्कीले भने, ‘त्यसपछाडि अर्का छात्रालाई भित्र लगेर चेक गरिएको रहेछ। तर चिट फेला परेको थिएन।’

    घटना बाहिरिएपछि क्याम्पसले ती कर्मचारीलाई चेक गराउनको लागि नराख्ने सहमति भएको उनले बताए।

    त्यस्तै घटनाबारे छानबिन गर्न क्याम्पसले समिति पनि बनाएको छ।

    ‘विद्यार्थी र शिक्षकहरू भएको समितिले छानबिन गरी प्रतिवेदन बुझाउने र दोषीमाथि कारबाही गर्ने भनिएको छ,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij