आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीका ३२ जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७९



  • नेपाल प्रहरीमा भर्खरै बढुवा भएका ३२ जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रशासन तर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइजीपी धीरजप्रताप सिंहले बुधवार फुली लगाइदिएका हुन् । बढुवा समितिको सिफारिसअनुसार गृहमन्त्री बालकृष्ण खाणले मंगलबार गणेश चन्दसहित ३२ जनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए । बढुवा हुनेहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र राजेन्द्रप्रसाद भट्ट छन् ।

    त्यस्तै, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दिपेन्द्र घर्ती क्षेत्री(जि.सी.), दिपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शन प्रसाद कोइराला, दिपककुमार बस्नेत र जयराज सापकोटा छन् ।

    सुरेन्द्रवहादुर गुरुङ, सञ्जीव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरीसहित ३२ जना एसपीबाट एसएसपीमा बढुवा भएका थिए । आईजीपी सिंहले सूचना प्रविधि तर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.अरुणकुमार भण्डारी, स्वास्थ्य तर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.सुरज राना, डा.दीपा न्हुच्छे प्रधान तथा डा.अमिनकुमार श्रेष्ठ र सवारी तर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीलाई पनि फुली लगाइदिएका छन् ।

    सुशोभन समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्री वृद्धिमा लाग्नुपर्ने बताए । आईजीपी सिंहले संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij