आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मौसम विभागले भन्यो- काठमाडौं आसपासका नदीमा बाढीकाे जाेखिम बढेको छ सतर्क रहनूहोला

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७९



  • हाल देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर रहेकाले मुलुकभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    यसैबीच काठमाडौं आसपासका नदीमा बाढीकाे जोखिम बढेपछि यसबाट बच्न सरकारले सर्वसाधारणमा आग्रह गरेकाे छ। बुधबार बिहान एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले नदी किनारमा रहेका स्थानीयलाई सचेत गराएकाे हाे।

    ‘पछिल्लो दुई घण्टामा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ, विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव २ मिटरले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ, भोलि बिहानसम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔं,’ विभागद्वारा जारी सूचनामा भनिएकाे छ।

    पछिल्लो २ घण्टा गोदावरी र आसपास लगायत काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    यस्तै खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत अलर्ट गराएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij