आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाढीपहिरोले सिन्धुपाल्चोकका सडक क्षतविक्षत, त्रासले स्थानीयवासी रातभर घर बाहिरै

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७९



  • काठमाडौं । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

    बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए ।

    गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।

    गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वषर्ा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij