आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतीय ‘कन्ट्रयाक्ट किलर’लाई ५०\५० हजार रुपैयाँ दिएर आफ्नै भाइबुहारीको हत्या!

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७९



  • काठमाडौं । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलबार विहान मृत भेटिएका दम्पतीको आफ्नै दाजु भाउजुले ‘कन्ट्रयाक्ट किलर’ प्रयोग गरेर हत्या गरिएको पाइएको छ । पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।

    २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

    प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।

    प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमबार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको छ ।

    प्रहरी नियन्त्रणमा परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबैजनाको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका दाजु बिजय र भाउजु रेखालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्नुको साथै घटनामा संलग्न अन्यको खोजी भई रहेको जनाएको छ । प्रहरीले हत्याको योजना बनाएको समेत भिडियो क्लिप फेला पारेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij