प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७९
सिन्धुली । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ ।
समुदायमा सचेतना र सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण कोरोना संक्रमण दर उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समयमा सिन्धुली जिल्लामा एकै दिन १०-१५ जनाको हाराहारीमा कोभिड-१९ संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन सागर देवकोटाले बताउनुभएकाे छ।
सिन्धुली अस्पतालमा आएका ज्वरोसहित कोभिडका लक्षण देखिएका बिरामीको अस्पतालले एन्टिजेन परिक्षण गर्दा फेला परेका सक्रिय संक्रमित मध्ये केहीलाई उपचारको लागि काठमाडाैं जाने सल्लाह दिईएको छ । साथै अधिकांश होम आईसोलेसनमा रहेको सिन्धुली अस्पताल जनाएकाे छ । प्रदेश सरकार मातहतमा चलेको कोभिड-१९ परीक्षणका लागि स्थापना गरिएको पीसीआर ल्याब र कोभिड अस्पताल २०७८ मंसिरदेखि बन्द भएपछि कोभिड-१९ संक्रमण फैलिएसँगै उपचार र सुरक्षाको चिन्ता बढ्न थालेको छ ।
प्रदेश सरकारले जनशक्ति कटौती गरेपछि कोभिड अस्पताल चल्न सकेको छैन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij