आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

  • प्रकाशित मिति : आइतवार, साउन २२, २०७९



  • महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन।

    पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ। अभ करिब १० दिनदेखि थपिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ।

    कामपाको आग्रह मान्ने जनताको घरघरमै गएर फोहोर उठाउन थालेका र बाटोको फोहोर भने दुई दिनपछि मात्रै उठाइने जानकारी दिदै कामपा वातवरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले भने, ‘कामपाले सार्वजनिक सूचना जारीगर्दासमेत अटेर गरी घरको फोहोर बाटोमा फालेपछि केही दिन बाटोको फोहोर नउठाउने भएका छौं।’

    महानगरले एक सातायता दैनिक करिब २ सय ट्रक फोहोर व्यवस्थापन गरिरहेको छ। हिजो शनिबार २ सय ४३ टन फोहोर बन्चरेमा पुचाइएको इन्जिनियर श्रेष्ठको भनाइ थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij