आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ज्ञानेन्द्र शाहीद्वारा जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७९



  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    २००७ सालदेखि २०७९ सालसम्म जुम्लाले आफ्ना प्रतिनिधि काठमाडौं पठाए पनि उनीहरूले जुल्मी जनताकाे अर्थपूर्ण प्रतिनिधित्व गर्न नसकेकाे उहाँकाे आराेप छ ।

    जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिकाे प्रेमका कारण आफूले जुम्लाबाट उम्मेदवारी दिन लागेको बताउनुभयो ।

    आफूलाई नेताहरूले राप्रपाको राम्रो उपस्थिति भएको जिल्लाबाट उठ्न भने पनि आफूले जन्मभूमिबाट नै उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ ।

    कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उहाँले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij