आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मर्स्याङ्दी गाउँपालिकाले योजनाको काम २०८० वैशाख मसान्तभित्र सक्ने

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७९



  • लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम वैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।

    गाउँपालिकाबाट सञ्चालन हुने योजना २०८० वैशाख मसान्तभित्रै सकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो ।

    गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिकाअनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म सकाउने बताए । बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै वर्षातको समय अगावै योजना सक्ने निर्णय गरेको जनाएको छ ।

    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार बैशाख महिना भित्रै सबैखाले योजनाका निर्माण तथा मर्मतकार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

    गाउँपालिकाको गाउँपालिकास्तरीय अनुगमन समितिको संयोजकमा उपाध्यक्ष जुनामाया थापा रहेकी छन् । सदस्यहरूमा प्रशासन शाखा प्रमुख, प्राविधि शाखाका प्रमुख, सम्बन्धित शाखा प्रमुख र सदस्य सचिवमा योजना शाखा प्रमुख छन् । वडास्तरीय अनुगमन समितिको संयोजकमा वडाध्यक्षहरु छन् ।

    सदस्यहरूमा सम्बन्धित भूगोलको वडा सदस्य, वडा प्राविधिक, सम्बन्धित विषयको वडाको कर्मचारी, ९कृषि, पशु, स्वास्थ्य, शिक्षा० र सदस्य सचिवमा वडा सचिव छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij