आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लिगलिगकोटदेखि गोरखा दरबारसम्म दौड हुने

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७९



  • नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवर्द्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ।

    गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए।

    तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको उनले बताए।

    नेपाल एकीकरणको उद्गमथलोका रूपमा रहेका ऐतिहासिकस्थलको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ।

    जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले बताए।

    प्रतियोगितामा प्रथम हुनेदेखि १० औँ स्थानसम्मका विजेतालाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले बताए।

    प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार पुरस्कार पाउने छन्। द्वितीय र तृतीयले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए।

    प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन।

    दौड प्रतियोगिता हुने ऐतिहासिक रुटलाई पदमार्गका रूपमा विकास गर्ने योजना रहेको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाइ छ। प्रतियोगितामा करिब तीन सय धावक सहभागी हुने अनुमान छ। सहभागिताका लागि अनलाइनमार्फत फारम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij