आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

  • प्रकाशित मिति : शनिबार, भदौ ४, २०७९



  • जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

    आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । ऐन नियमको विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलोरूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे गराएमा कानूनबमोजिम कारवाही हुनेसमेत सूचनामा उल्लेख छ ।

    साथै सुंसस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij