आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

७८ लाख रुपैयाँ घुस लिने अख्तियारका पूर्वआयुक्त पाठकविरुद्धको मुद्दाको सुनुवाइ अघि बढ्यो

  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७९



  • काठमाडौं । विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ ।

    अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इञ्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो मागदावी गरी मुद्दा दायर गरेको थियो ।

    आयुक्त पाठकमाथि अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भनी पदीय आचरण विपरीत काम गरेको आरोप छ ।

    आरोपपत्रमा अख्तियारले पाठकमाथि ११ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैयाँ घुस लिने÷दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म हुने भनी अख्तियारको मागदावी थियो ।

    लम्बोदरसँग रकम लिएर पाठकलाई घुस बुझाएका इञ्जिनियर ज्ञानेन्द्र झालाई अख्तियारले अनुसन्धानमा सहयोग गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि अख्तियारले मुद्दा चलाएको छैन ।

    नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विभिन्न अनियमिततामा मुछिएका थिए । कलेजको फाइल अख्तियारमा अनुसन्धान हुँदै थियो । त्यसक्रममा न्यौपानेले आफूलाई जोगाइदिन अनुरोध गर्दै पाठकलाई एकपटक ४० र अर्कोपटक ३८ गरी ७८ लाख रुपैयाँ घुस बुझाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij