आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एमालेको जारी केन्द्रीय कमिटी बैठक आज पनि

  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७९



  • काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शनिबार पनि जारी रहने भएको छ । बैठक बिहान १०ः३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिनुभयो ।

    ती नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ ।

    शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि शनिबार नै निष्कर्ष सुनाइने छ ।

    शुक्रबारको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

    यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij