आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुर्ती सेवनबाट दिनमा ७५ जनाको मृत्यु,

  • प्रकाशित मिति : आइतवार, भदौ १२, २०७९



  • काठमाडौं । सन् २०२२ मा आईपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को रिपोर्टमा उल्लेख छ ।

    सुर्ती सेवनले महिनामा औषत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्यु सरह हुने डब्लुएचओले जनाएको छ ।

    आठ वर्षको अवधिमा नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्युदर झण्डै दोब्बरले बढेको छ । सन् २०१४ मा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक १५ हजार बढीको मृत्यु हुने गर्दथ्यो ।

    विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार महिनामा १ हजार २ सय ५० जना र दिनमा ४२ जना, अर्थात हरेक दिन एउटा हजाईजहाज दुर्घटनामा परे सरहको क्षति हुने गरेको डब्लुएचओले जनाएको छ ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij