आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सल्यानमा दुई किशोरी बलात्कार गर्ने पक्राउ

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७९



  • सल्यानमा दिदी-बहिनी नाता पर्ने दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका २० वर्षीय मेघराज थापा भने फरार छन्। उनीविरूद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेको छ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बिहे गर्ने प्रलोभनमा पारी गिरी र थापाले दिदी-बहिनी नाता पर्ने दुई किशोरीलाई स्थानीय त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाएर रातभर बलात्कार गरेका थिए।

    भदौ ८ गते राति १० बजेतिर उनीहरूले दुई किशोरीलाई बिहेको प्रलोभनमा पारी ललाई-फकाई विद्यालयमा बोलाएर दुबै जनालाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।

    त्यसपछि उनीहरूले भदौ ९ गते ती दुई जनालाई बिहे गरेर घर लैजान्छौं भन्दै दिनभर जंगलमा राखेका थिए। त्यही क्रममा उनीहरू एकाएक फरार भएपछि पीडितले प्रहरीमा गएर जाहेरी दिएका थिए।

    भदौ १० गतेको जाहेरीपछि फरार भएकामध्ये गिरीलाई प्रहरी पक्राउ गर्न सफल भए पनि थापाको खोजी कार्य जारी रहेको खनालले बताए।

    पक्राउ परेका गिरीमाथि थप अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट ८ दिनको म्याद थप भइसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij