आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चुनावी घोषणापत्रमा पशुपालन

  • प्रकाशित मिति : सोमवार, भदौ २०, २०७९



  • काठमाडौं । नेपाल सरकारले संघ तथा प्रदेशको आवधिक निर्वाचन आउँदो मंसिर ४ मा गर्ने निर्णय गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ। राजनीतिक दलहरू दल दर्ता, उम्मेदवार छनोट, घोषणापत्र तयारी लगायतका कार्यमा जुटिरहेका छन्।आमजनता, उद्योगी, व्यवसायी तथा कृषकहरू राजनीतिक दलका घोषणापत्रमा आफ्ना समस्याहरू कसरी सम्बोधन होलान् भनी कौतुहलका साथ प्रतीक्षारत छन्।

    राजनीतिक दलका घोषणापत्रहरू सार्वजनिक नीतिका स्रोत हुनेहुनाले घोषणापत्रमा समावेश हुने विषयहरूले राष्ट्रको विकास र समृद्धिमा दीर्घकालीन प्रभाव पार्दछन्। तथ्याङ्कअनुसार पशुपालन क्षेत्रले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा करिब १३ प्रतिशत योगदान गरिरहेको छ। गाई, भैंसी, बाख्रा, कुखुरा, भेडा, बंगुर र माछापालनमार्फत देशमा वार्षिक करिब २४ लाख मेट्रिक टन दुध, ५५० हजार मेट्रिक टन मासु, एक अर्ब ६० करोड गोटा अन्डा र ९० हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।

    सन्तुलित आहारासम्बन्धमा बढेको जनचेतना, सडक सञ्जालको विकास, आर्थिक आम्दानीमा वृद्धि, पशुजन्य उत्पादनको सहज उपलब्धतालगायतका कारण पशुजन्य उत्पादनको माग निरन्तर बढ्दो छ। कार्पेट, पस्मिना, छाला, छुर्पी लगायतका पशुजन्य उत्पादन उल्लेखनीय मात्रामा निर्यात हुने भए तापनि विविधीकरण तथा अपर्याप्त उत्पादनका कारण अरबौं रूपैयाँका पशुजन्य उत्पादन आयात भइरहेका छन्। भौगोलिक बनोट तथा वातावरणका कारण पशुपालन व्यवसाय नेपालमा प्रचुर सम्भावना रहेको क्षेत्र हो।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij