प्रकाशित मिति : बुधबार, भदौ २९, २०७९
काठमाडौं । एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा बैंकहरुले ७ अर्ब १२ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुको खुद ब्याज आम्दानीमा भएको वृद्धिसँगै नाफा पनि बढेको हो ।
चालु आवको एक महिनामा बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आम्दानी २१ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले साउन महिनामा कुल ५४ अर्ब ८९ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ब्याज भुक्तानीको लागि ३६ अर्ब ९३ लाख रुपैयाँ ब्याज खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । २०७८ साउनमा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरे र ब्याज खर्च वापत २० अर्ब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्दा खुद ब्याज आम्दानी १५ अर्ब १९ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij