आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

निर्वाचनअघि गाडी किन्दै प्रहरी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७९



  • काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् ।

    नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।

    नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले देशभर गरी सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई १४ सय सवारीसाधन आवश्यक रहेको जानकारी दिए ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij