सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

इटलीमा अति दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने निश्चित

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७९



  • काठमाडौं । इटलीमा आइतबार भएको संसदीय निर्वाचनमा अति दक्षिणपन्थी पार्टी सबै भन्दा ठूलो पार्टी बन्ने देखिएको छ ।

    मतगणनाले अति दक्षिणपन्थी पार्टी फ्राटेली डी इटालिया अर्थात ब्रदर्स अफ इटलीले कम्तिमा २६ प्रतिशत संसदीय सिटहरू कब्जा गर्ने पक्का देखिएको हाे । त्यस्तै अरू दुई वटा दक्षिणपन्थी पार्टीले पनि १७ प्रतिशत बढी सिट जित्ने भएका छन् ।

    निर्वाचन परिणामसँगै इटलीमा दोस्रो विश्व युद्धपछि पहिलो पटक अति दक्षिणपन्थीहरूको सरकार बन्ने निश्चित भएको छ । ब्रदर्स अफ इटली पार्टीकी नेतृ जोर्जिया मेलोनी इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् ।

    मध्यमार्गी पार्टी द डेभोक्रेट्स्ले १८ प्रतिशत सिट जित्ने भएको छ । अन्य बामपन्थी झुकावका पार्टीहरूले १६ प्रतिशत सिट जित्ने मतगणनाले देखाएको छ । गत जुलाईमा प्रधानमन्त्री मारियो ड्रागीको सरकार पतन भएपछि आम निर्वाचनकाे घोषणा गरिएको थियो ।

    रुस–युक्रेन युद्धले चर्काएको उर्जा संकट, कर कटौती तथा युरोपियन युनियनमा इटलीकोहितमा नभएको लगायतका विषयले निर्वाचन अभियान प्रभावित भएको थियो । ५ करोड मतदाताले तल्लो सदनका ४ सय तथा माथिल्लो सदनका २ सय प्रतिनिधि चयन गरेका छन् ।

    माथिल्लो सदन सिनेटमा पनि दक्षिणपन्थीहरूकै बहुमत आउने प्रक्षेपण गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij