आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चौध हजारले जोडे फाइबर इन्टरनेट

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७९



  • Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2018-03-13 14:03:38Z | http://piczard.com | http://codecarvings.comC*ÿDz!G

    चितवन। चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन्। दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो। माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ।

    भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन्। भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ। यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन्। भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए। उनले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताए।

    सामग्री अभावका कारण अहिले काम गर्न नसकिएको मिश्रले बताए। “सामान पर्खेर बसेका छौँ, चीनबाट आउने तयारीमा रहेको बुझिएको छ,” उनले भने। माग गरेअनुसार आएर मङ्सिरसम्म भरतपुर एक्सचेन्जअन्तर्गतका सबै ठाँउमा फाइबर इन्टरनेट पु¥याउने उनको भनाइ छ। अहिले राप्ती नगरपालिकाको भण्डारमा फाइबर जडानको काम भइरहेको छ। रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पनि फाइबर इन्टरनेट पुगेको छ। पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर कार्यालयले काम गरिरहेको मिश्रले बताए।

    “जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ। निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ। यस कारण ग्राहक आकर्षित छन्”, उनले भने। इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको उनले बताए। इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको प्रमुख मिश्रले जानकारी दिए।

    कनेक्ट सर्भर काठामाडौँ र हेटौँडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक छिटो चल्ने उनको भनाइ छ। भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij