आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दसैंमा यसरी बनाउनुहोस् खसीको फिला (विधिसहित)

  • प्रकाशित मिति : आइतवार, अशोज १६, २०७९



  • अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौं।

    अहिले दसैंका बेला फुर्सदले घरमा बसिरहनुभएको होला। तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनुभएको छ भने हामी तपाईंलाई खसीको फिला बनाउने तरिका सिकाउँछौं।

    यो बनाउन तपाईंलाई ५५ मिनेट लाग्छ।

    आवश्यक सामग्रीः

    ३ केजी खसीको खुट्टा
    नेपाली लसुन ६ पोटी
    ३ चम्चा सोंपको धुलो
    भुटेको तोरीको तेल
    नुन र मसलाको पेस्ट
    मरिचको धुलो
    तेजपत्ता
    ३० ग्राम दही

    माथिका सामानहरू तयार छन् भने अब खसीको फिला बनाउनतिर लाग्नुहोस्।

    पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस्। अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्रसम्म पुग्ने गरी मोल्नुहोस्।

    त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस्।

    त्यसलाई पकाउने समयमा कोठाको सामान्य तापक्रममा ल्याउनुहोस्।

    ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेडसम्म ‘प्री हिट’ गर्नुहोस्।

    किचन स्ट्रिङ (धागो) ले मासुलाई खुकुलो गरेर बाँध्नुहोस्।

    त्यसपछि रोस्टिङ-टिन माथि सुरूमा सुकेको मसला राखेर त्यसमाथि मासु राख्नुहोस्।

    अब त्यसलाई २५ मिनेटसम्म पकाउनुहोस्। अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेडसम्म ल्याउनुहोस्।

    अब ओभनबाट मासु निकाल्नुहोस्।

    त्यसलाई आलुमिनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस्।

    अब स्वादिष्ट खसीको फिला तयार भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij