शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैंँले सुनसान बन्यो काठमाडौं, सवारीसाधनको चाप अत्यन्त न्यून

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७९



  • ;fdflhs ;r]tgfdf 6«flkms sf7df8f}F, #@ h]7 M ;fdflhs ;r]tgfd"ns ;Gb]z n]lvPsf] Kn]sf8{;lxt sf7df8f}Fsf ;8sdf plePsf 6«flkms k|x/L . cfhb]lv 6«flkms k|x/Ln] ;j{;fwf/0fnfO{ ;r]t u/fpg 7fpF7fpFdf o;/L Kn]sf8{ k|bz{g ug{ yfn]sf] 5 . t:jL/ M gf/fo0f 9'ªufgf, /f;;

    काठमाडौं । बडादसँैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो ।

    आइतबार जब साँझ पर्दै गर्‍यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ । अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो ।

    अघिपछि ट्राफिक व्यवस्थापनमा चार÷पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए । उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरे ।

    सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझर्‍याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ ।

    “अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, “दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ ।

    ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् ।

    प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताए । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् ।

    आइतबार एक लाख ५६ हजारले राजधानी छाडे

    ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ । त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ ।

    यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो । प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए ।

    असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए । त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

    यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए । त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।

    यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij