आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जाजरकोटमा मकै भित्र्याउन चटारो

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७९



  • काठमाडौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् ।

    मौसम पूर्वअनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् । ३ जिल्लाको लागि मकै खेती सबै ठूलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ ।

    माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको स्थानीयको भनाई छ । हिउँदे बालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दशै् मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताउनुभयो । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उहाँको बुझाइ छ ।

    गाउँमा युवाको संख्या समेत कम रहेकाे छ । वैदेशिक रोजगारीका कारण युवा गाउँमा कम मात्रामा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij