आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७९



  • सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

    सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।

    केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले रातोपाटीसँग भने, ‘कुरा कतै छिमलिएका छैनन् । पहिलेकै जस्तो छ । संघ र प्रदेश दुबैमा छलफल चलिरहेका छ । धेरै कुरा व्यवस्थापन पनि भएका छन् । केही जिल्लाका केही ठाउँमा मिलाउन बाँकी छ ।’

    राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ । जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ । उसको माग गठबन्धनभित्र अझै पनि सम्बोधन नभएको पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij