आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मनाङमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सुरक्षित बस्न प्रशासनको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७९



  • काठमाडौं । मनाङमा वर्षासँगै हिमपात भएको छ ।

    मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो । हिमपातपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । हिउँ परेसंगै चिसो बढेको छ । हिउँसँगै झरी पनि नथामिदा घरपालुवा जनावरको समेत बिजोग भएको छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएको जानकारी दिनुभयो । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा विदेशी पर्यटक छन् । थोराङ्ला पासतर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी र हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान छ ।

    यसैगरी तिलिचो ताल तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा उल्लेख्य पर्यटक रहेको छ । हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । साेही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न स्थानीय प्रशासनले समेत सचेत गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij