आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सशस्त्र प्रहरीका असई भारतमा मृत भेटिए

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७९



  • सप्तरी । सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् ।

    सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका हुन् । उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् ।

    सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भएका यादव १८ असोजदेखि २१ गतेसम्मका लागि विदामा रहेको गणका प्रमुख एसपी प्रदीप खड्काले जानकारी दिए । उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिए ।

    उनको शवलाई भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए । ‘उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ’ सिंहले भने, ‘शुक्रबार पोष्टमार्टम गरिनेछ ।’

    असई यादव मृत फेला परेको सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij