आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७९



  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

    पुनले सत्तारूढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्ती मगरले उम्मेदवारी दर्ता गराएका थिए।

    पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन्।

    सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए।

    ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ। गए राति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ,’ पुनले भने, ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु।’

    पुन यसअघि ०७४ मा निर्वाचित भएका थिए। उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए।

    प्रदेश सभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij