आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७९



  • नेपालगञ्ज बाँके। केहीदिन यतादेखि निरन्तर परेको बर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुवान तथा बाढीले प्रभावित भएका छन्। प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन्।

    सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्। राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

    “विस्थापित भनेका जोखिम देखेर घर छाडनेहरु हुन” उनले भने। विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको उनले बताए। बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ।

    त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का तीन सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन्। बाढीले नरैनापुरका २ सय घर भत्केका छन्।

    त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन्। डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए।

    उनले पीडितलाई राहत र उद्धारका लागि पटक पटक अनुरोध गरेको जानकारी दिदै चारदिनदेखि विद्युत समेत नभएको बताए। नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन्।

    “यहाँका सबै स्थान पानीले भरिएको छ ।” उनले भने । जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ।

    वढी र डुवानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए।

    डुडुवामा राहत व्यवस्थापन

    डुडुवा गाउँपालिकामा बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताएका छन्।

    डुडुवा १ का छिटाईपुर्वास्थित दुई पाझा टोलका करिब १ सय २० जना र सोही वडाअन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा उनीहरु बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिए।

    उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४-५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ।

    उनले केही दिनसम्म स्थानीय पीडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij