आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नागरिकता र मतदाता नामावलीमा फरक जन्ममिति रहेको भन्दै देउवाको उम्मेदवारी रद्ध गर्न उजुरी,प्रस्टीकरण दिन मंगलबार दिउँसो २ बजेसम्मको समय

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७९



  • डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको हो ।

    उजुरी परेपछि प्रधानमन्त्री देउवालाई यसबारे प्रस्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय दिइएको छ ।

    मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् ।

    कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहेका थिए
    dcnepal bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij