आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बर्खास्तीमा परेका न्यायाधीश श्यामसुन्दर अधिकारी रिट लिएर सर्वोच्चमा

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७९



  • न्याय परिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्ती गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

    गत भदौ १५ गते न्याय परिषद्को बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई बर्खास्तीका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश कार्कीले अधिकारीलाई बर्खास्त गरेका थिए ।

    पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो । बर्खास्तीको केही समयअगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो ।

    अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो । न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए ।

    तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको एक न्यायपरिषद् सदस्यले बताएका थिए । तर बर्खास्तीको डेढ महिनापछि अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । भदौ १५ गते बर्खास्तीमा परेका अधिकारीले असोज २७ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । शुक्रबार उनको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij