आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १, २०७९



  • गलकोट। बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो। दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन्।

    लगानी जुटाउनका लागि कोरिया गएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन गरेका हुन्। दाजुभाइ गमबहादुर कुँवर र विष्णु कुँवरले स्थापना गरेको वृहत्त बाख्रा फार्ममा एकै याममा ५० खसीबोका बिक्रीका लागि तयार भएका र यो वर्ष मात्रै एक करोड बराबरको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको बताइएको छ।

    विसं २०७४ सालमा स्थापना गरिएको उक्त फार्म जिल्लाकै ठूलो र नमूना बाख्रा फार्ममा अहिले १६० वटा माउ बाख्रा मध्ये ५८ वटा बाख्रा व्याउने तयारीमा छन्। फर्ममा अहिले ३०० बाख्रा, बोका, तथा पाठापाठी रहेको फर्मका सञ्चालक गम बहादुरले जानकारी दिए। कोरिया पाँच वर्ष बसेका उनीहरुले त्यहाँको आम्दानी बाख्रा पालनमा लगानी गरेका थिए।

    “एउटा बोकोलाई सरदरमा रु २५ हजार पर्ला, बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च छ, अहिले ५० वटा बोका बिक्रीका लागि तयार भएको छ” गमबहादुरले भने “दसैं तिहारसम्म रु १२ लाखका बोका बिक्री गर्ने हो, गत आर्थिक वर्षमा रु ५० लाखको बोका काख्रा बिक्री गरेका थियो यस पटक बोका बाख्रामा उल्लेख्य वृद्धि भएकाले रु एक कारेडसम्म आम्दानी गर्ने लक्ष्य छ।”

    हालसम्म दुई दाजुभाईको रु पाँच करोड लगानी भइसकेको उक्त फार्म छ रोपनी जग्गामा फैलिएको छ भने ३०० रोपनी आफ्नै जग्गामा घाँस खेती छ। “भएको आम्दानी जति सबै फर्ममै लगानी भएको छ, गत वर्ष रु ५० लाखको बाख्रा, बोका तथा पाठापाठी बिक्री गरेका थियौँ, अहिले बाख्रा उत्पादनमा निकै वृद्धि छ, यो रु वर्ष एक करोडको बोका, बाख्रा बिक्री गर्ने लक्ष्य छ” कान्छा भाइ विष्णुले भने,“ फार्मबाट माउ बाख्रा, बोयर जातका बोका, पाठापाठी समेत बिक्री हुने गरेको र अन्य बोका मासुका लागि बिक्री भइरहेको छ, बाँकी रहेका बोका गलकोट बजारमा आफ्नै मासु पसलबाट बिक्री गर्दै आएका छौँ।”

    उनीहरुले बाख्रा पालनका लागि ३०० रोपनी जग्गा खरिद गरेका थिए। उक्त फार्ममा सरकारले व्याज अनुदान कार्यक्रमबाट रु ५० लाख ऋण तीन प्रतिशत व्याजमा उपलव्ध गराएकामा उक्त ऋणले आफ्नो फार्मले ठूलो फड्को मार्न सकेको कुँवर दाजुभाइको भनाइ थियो। “ पाइएको ऋण बाख्राको दाना खरिदलाई पुग्छ” विष्णुले भने,“व्याज अनुदान कार्यक्रमले हाम्रो फार्ममा निकै परिवर्तन ल्यायोे, सय वटा बोका बाख्रा भएको फर्मलाई ३०० पुर्‍याउन सहयोग मिल्यो।”

    फार्ममा अहिले ५८ वटा बाख्रा व्याउने अवस्थामा रहेकाले बाख्राको सङ्ख्यामा वृद्धि भएर ४०० पुग्ने कुँवर दाजुभाइको भनाइ छ। फार्म सञ्चालक विष्णुले बोकाका लागि बजारको अभाव नभएको बताउदै बाख्रा फर्मबाट आएको नाफाले घाँस बोक्न जीपसमेत खरिद गरिएको बताए।

    उक्त फार्मले परिवारका सदस्यका साथै आठ जनालई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ।

    गम बहादुरले कृषि विषय अध्ययन गरेपछि पाइएको रोजगारीबाट चित्त नबुझेपछि कोरिया गएको बताउदै कोरियाको कमाईले बाख्रा फर्ममा लगानी गरेको र पछि फार्मको नाफासमेत फार्ममै लगाउँदा लगानी धेरै भएको बताए। बाख्रापालनका लागि व्यवसायिक रुपले घाँस खेतीसमेत गर्दे आएका दाजुभाइले आफ्नो फार्म पहाडी जिल्लाको वृहत्तर फर्म मध्ये एक रहेको जिकिर गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij