आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घोराहीमा म्याजेष्टिक होटलको उद्घाटन

  • प्रकाशित मिति : सोमवार, कार्तिक ७, २०७९



  • दाङ। दाङ घोराही उपमहानगरपालिका १५ मा म्याजेष्टिक होटलको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच होटलको उद्घाटन गरिएको हो । यसअघि देखिनै सञ्चालित होटकलको भुषाल ग्रुपले पुनः सञ्चालनको जिम्मेवारी लिएसँगै फेरि सोमबार उद्घाटन गरिएको थियो ।

    ग्रमुका अध्यक्ष दुर्गा भुषालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उदुघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।

    उहाँले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै कुनै पनि ठाउँमा पर्यटकलाई अप्ठ्यरो परेको समयमा होटल व्यवसायीले सहयोग गर्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँल्े स्थानीय परिकारलाई ध्यान दिन पनि सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

    भुषाल ग्रुपका भुपेन्द्र भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मशाल, उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य ध्रुबराज श्रेष्ठ भारीलगायतले शुभकामनासहित आफ्नो भनाई राख्नुभएको थियो ।

    कार्यक्रमको सहजिकरण भुषाल ग्रुपका नारायण भुषालले गर्नुभएको थियो । यस ग्रुपले दाङमा टुर एण्ड ट्राभल्स पनि सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij