शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

१९ वर्षका युवक र ५६ वर्षीया हजुरआमाले गरे इन्गेजमेन्ट

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ८, २०७९



  • १९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए । त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आएकी थिइन् । उनीहरुबीच पहिलो वास्तविक संवाद त्यतिबेला भयो जब जान्लाले १० वर्षका केटालाई माटाका भाँडोमा भएका केही बिरुवाहरु सार्न मद्दत गर्न आग्रह गरिन् । त्यो दिनदेखि वितिचाई सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा खेल्न जान्थे र उनलाई घरको काममा सहयोग गर्थे । यी दुईले आफ्नो सुरुवाती सम्बन्धलाई मित्रताको रुपमा वर्णन गर्छन् । तर जब वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढ्यो । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले । यी दुईले यस वर्षको सुरुमा मात्रै आफ्नो परिवारलाई आफूहरुबीचको रोमान्सबारे जानकारी दिए । यी दुईको प्रेमकथा थाइल्याण्डमा हेडलाइन बनेको छ ।

    ‘वितिचाई मेरा लागि सुपरहिरोजस्तै हुन् । उनले मलाई सधैँ सहयोग गर्छन् । जब उनी हुर्किँदै गए तब हामीबीच एक–अर्कामा भावना विकसित भयो,’ जान्लाले भाइरल प्रेसलाई भनिन् । ‘मैले उसलाई बच्चैबेलादेखि चिनेकी छु । जब हामी कसैलाई हामीहरु एक–अर्कासँग प्रेम सम्बन्धमा छौँ भन्छौँ, तब यो कुरा पत्याउन उनीहरुलाई गाह्रो हुन्छ । मेरा आफ्नै बच्चा पनि चकित परे । तर उसले मलाई म जवान छु भनेर महसुस गराएको छ र हामी सँगै बस्छौँ । हामी निकै खुसी छौँ । हामी विवाहसमेत गर्छौँ ।’

    अडिटी सेन्ट्रलका अनुसार उनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक गरेपछि यी दुई शहरका विभिन्न स्थानमा डेटमा जान्छन् । यतिबेला उनीहरु एक–अर्काको हात समातेर हिँड्छन् र बेला बेलामा एक–अर्कालाई चुम्बनसमेत गर्छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि जोडीबीचको ३७ वर्षको उमेरको भिन्नता धेरैलाई स्वीकार गर्न गाह्रो हुन्छ तर उनीहरुका अनुसार खुसी नै सबैभन्दा ठूलो हो ।

    सन् २०२२ को सुरुमा यी दुईले परम्परागत शैलीमा इन्गेजमेन्ट गरेका हुन् । यतिबेला १९ वर्षीय युवकले ६,००० भाट (१५६ डलर) दाइजो दिने बाचा गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij