आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अर्घाखाँचीमा निर्माणाधीन एयरपोर्टको धावनमार्गबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ११, २०७९



  • मोटरसाइकल दुर्घटना परी अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    दुर्घटनामा परी सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताए।

    डिएसपी रिजालका अनुसार घटना बिहीबार राती ११ बजेतिरको हो। मृत्यु भएका दुबै जना प्रदेश नम्बर २-०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए।

    सँगै दुर्घटनामा परेको बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क-२ का ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनाको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार जारी रहेको छ। घाइतेमध्ये पराजुलीको अवस्था सामान्य रहेको डिएसपी रिजालले बताए।

    जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको धावन मार्गबाट दुई मोटरसाइकल झन्डै एक सय मिटर तल खसेको अवस्थामा फेला परेको डिएसपी रिजालले जानकारी दिए।

    तीव्र गतिका मोटरसाइकल रातीमा बाटो बिराएर खसेको हुन सक्ने अनुमान भइरहेको डिएसपी रिजालले बताए।

    ‘एउटा मोटरसाइकल गुडेकै बाटोमा अर्को मोटरसाइकल सँगसँगै गएको र दुबै मोटरसाइकल एक सय मिटर तल खस्न पुगेको जस्तो देखिएको छ,’ डिएसपी रिजालले भने, ‘चालकले मदिरा सेवन गरेको हुन सक्ने आशंका भइरहेको छ।’

    मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको उनले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij