आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घोराहीका मतदाता भन्छन्- संविधान मास्नेलाई भोट हाल्दैनौं

  • प्रकाशित मिति : आइतवार, कार्तिक १३, २०७९



  • घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का मतदाताले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि भोट नदिने बताएका छन् ।

    प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने ‘गुन्टु’ सँगको भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेको आरोप लगाए ।

    स्थानीय रामकली चौधरीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताए । ‘हामीले मुलुकमा शान्ति र समृद्धिको अपेक्षा गरेका थियौं, एमालेले जननिर्वाचित संसदनै मास्न खोज्यो,’ उनले भने, ‘गठन्धनले विकाशकाे गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौं ।’

    अर्का स्थानीय सुविन पुनले दाङको समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु याेजना बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

    अर्का स्थानीय धनपति चौधरीले आफ्नो वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठोकुवा गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij