आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रेमीको हत्या गर्ने अष्ट्रेलियाकी महिलालाई २७ वर्षको जेल सजाय

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १८, २०७९



  • अस्ट्रेलियाको एक अदालतले आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेकी थिइन् । महिलाले इर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।

    ‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’ अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय सुनाउँदा भनिन् ।

    महिलाले सेप्टेम्बर २०२० मा सिड्नीको एक घरमा सुतेर आईप्याड हेरिरहेका प्रेमीलाई बन्चरोले हानेर मारेकी थिइन् । लामो समयदेखिका ती पार्टनरको (सँगै बसोबास गर्ने प्रेमी) हत्या गर्नुअघि उनले गुगलमा कसरी सजिलै मार्ने भन्ने कयौं सर्च गरेको पाइएको छ । अदालतमा उनले सर्च गरेको केही पदावली पढेर सुनाइएको थियो ।

    ‘कसैलाई बन्चरोले मार्ने हो भने, शरीरको कुन भागमा हान्नुपर्छ ?’, ‘ कसैलाई उम्लिरहेको तातो पानीले मार्न सकिन्छ ?’, ‘के चक्कुले मान्छे मार्न साच्चै सजिलो हुन्छ ?’ जस्ता तथ्य सर्च गरेको अनुसन्धानदाताले पाएका छन् । हत्या गर्नुभन्दा केही अघि भने उनले ‘कसैलाई सबैभन्दा छिटो मार्न शरीरको कुन भागमा बन्चरोले हान्नुपर्छ ?’ भनेर सर्च गरेको पाइएको छ ।

    शुक्रबार फैसला सुनाउने क्रममा न्यायाधीशले ती जोडीबीच ‘अस्थिर’ र ‘हिंसाले भरिपूर्ण’ सम्बन्ध रहेको बताएकी थिइन् । मारिएका पुरुषविरुद्ध सन् २०१०,२०११ र २०१९ मा हाल हत्या गर्ने महिलाविरुद्ध हिंसा गरेको आरोप लागेको थियो ।

    मुद्दाबारे सहमत तथ्यहरू अनुसार, हत्या हुनुअघि पीडित पुरुष अर्कै महिलासँग बस्न थालेका थिए, जसले हत्यारा महिलालाई खतरनाक, हिंसात्मक बताएका थिए । त्यसपछि ती नयाँ महिलाले हत्यारा महिलालाई १९ म्यासेज पठाएर ‘उसको पुरुषले नयाँ महिलासँग यौन सम्बन्ध गरिरहेको’ बताएकी थिइन् ।

    सोही दिन उनले पुरुषको हत्या गरेकी थिइन् । ३४ वर्षीया महिलाले पछि प्रहरी कहाँ गएर हत्याको स्वीकारोक्ति गरिन् तर प्रहरी सामु उनले प्रेमीले छुरा ल्याएकोजस्ता अनेक झुट बोलेकी थिइन् । अदालतको सजाय अनुसार महिलाले अब नोभेम्बर २०३९ मा मात्र उनलाई दिएको सजाय छुटको लागि निवेदन दिन सक्छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij