आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रियंकाविरुद्ध लखनउमा प्रदर्शन, विराेधकाे कारण खुलेन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २२, २०७९



  • मुम्बई । अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ । अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंका पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन् । प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन् ।

    हाल उनी लखनउमा छिन् । ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन् । लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् । हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ । ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, पोस्टरमा लेखिएको छ ।

    लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन् । प्रहरीले पनि के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

    प्रियंका मुम्बईमा प्रमोसनपछि युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन् । त्यहाँ उनी दुई दिन बस्नेछिन् । प्रियंका लखनउको लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij