आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुटिङ सेटमा ढिलो पुग्छन् बलिउडका यी कलाकार

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २५, २०७९



  • मुम्बई । बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ । किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् । सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए ।

    सलमान खान

    यो सूचीमा शीर्षस्थानमा अभिनेता सलमान खान पर्छन् । उनी जुनै फिल्मको सुटिङ सेटमा ढिलो पुग्छन् । तर ढिलो पुगे पनि आफ्नो काम चाहिँ छिटो गर्छन् ।

    शाहरुख खान

    सेटमा ढिलो पुग्नेमा अभिनेता शाहरुख खान पनि पर्छन् । उनी सलमानकै जस्तो ढिलो पुग्छन् र आफ्नो काम छिटो सक्छन् ।

    गोविन्दा

    सन् ९० को दशकमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए । यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो ।

    रणवीर कपूर

    अभिनेता रणवीर कपूर पनि यो सूचीमा पर्छन् । उनको पनि सुटिङ सेटमा ढिलो पुग्ने बानी छ ।

    रणवीर सिंह

    अभिनेता रणवीर सिंहको अभिनय शैलीबाट जोकोही प्रभावित छन् । उनी जे काम गर्छन्, लगाव दिएर गर्छन् । तर सुटिङ सेटमा भने उनी कैयौं पटक ढिलो नै पुगेका छन् ।

    राजेश खन्ना

    बलिउडका स्टार अभिनेता राजेश खन्ना पनि सेटमा सही समयमा नपुग्ने अभिनेतामा चिनिन्थे । यहीकारण उनको करियर पनि खस्कँदै गयो ।

    करीना कपूर

    बलिउडकी बेबो अर्थात अभिनेत्री करिना कपुर अभिनय र सुन्दरतामा जति अब्बल छिन्, सुटिङ सेटमा समयमै पुग्नमा उनी उत्तिकै ढिला छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij