आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानसेनापति शर्मा खोटाङमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २५, २०७९



  • खोटाङ । निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् ।

    निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।

    उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन् । भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन् । ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्देश्यका बारेमा सेयरिङ गर्नुभएको थियो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij