आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतका प्रधानमन्त्री मोदीले भने– दिनहुँ २–३ किलो गाली खान्छु, तर त्यसले उल्टो पोषण दिन्छ

  • प्रकाशित मिति : सोमवार, कार्तिक २८, २०७९



  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार तेलंगानामा सम्बोधन गर्ने क्रममा त्यहाँको राज्य सरकारलाई कडा निशाना बनाए । साथै सोही सम्बोधनमा उनले दैनिक दुई–तीन किलो गाली खाने गरेको तर त्यसले पौष्टिक तत्वको काम गर्ने बताए ।

    शनिबार हैदराबादको बेगमपेट एयरपोर्टमा भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘मानिसहरू मलाई सोध्ने गर्छन्, तपाई थाक्नु हुँदैन भनेर ? हिजो म बिहान दिल्लीमा थिएँ । त्यसपछि कर्नाटक, तमिलनाडु, आन्ध्र हुँदै अहिले तेलंगानामा छु । तिनलाई म भनिदिन्छु, म दिनहुँ दुई ढाई किलो गाली खान्छु र भगवानले मभित्र यस्तो क्षमता दिनु भएको छ कि ती सबै गालीहरू प्रशोधन भएर पोषणमा बदलिन्छ ।’

    मोदीले तेलंगाना नेशनल कमिटी (टीआरएस) का नेता र मुख्यमन्त्री चन्द्रशेखर रावको नाम नलिई रावले डर र निराशाका कारण हरेक दिन आफूमाथि हमला गर्ने गरेको बताए । ‘उनीहरू मविरुद्ध विरुद्ध प्रयोग गर्न गालीको शब्दकोश प्रकाशित गर्छन् । म भाजपा कार्यकर्ताहरूलाई यस्ता बयानबाजीबाट दुखी नहुन वा नरिसाउन अनुरोध गर्दछु । बस आनन्द लिनुहोस् र आशाका साथ सुत्नुस् । अर्को दिन अन्धकार हट्नेछ र कमल फुल्नेछ,’ प्रधानमन्त्री मोदीले भने ।

    प्रधानमन्त्री मोदीले उनको सम्बोधनमा परिवारवादको मुद्दा पनि उठाएका थिए । भाजपाले पहिलेदेखि टीआरएसलाई नातावादको आरोप लगाउदै आएको छ । ‘भ्रष्टाचार र परिवारवाद गरिबको सबैभन्दा ठूलो शत्रु हो, साथै यो विकासको सबैभन्दा ठूलो शत्रु हो । त्यसैले भाजपाले भ्रष्टाचार र परिवारवाद दुवैको विरुद्धमा निरन्तर अडान लिइरहेको छ । तेलंगानालाई अहिले परिवारवादको सट्टा विकास चाहिएको छ,’ मोदीले भने ।

    उता टीआरएस विधायक र मुख्यमन्त्री चन्द्रशेखर रावकी छोरी कलवकुन्तला कविताले शनिबार पीएम मोदीलाई राज्यको लागि ठोस घोषणा नगरेको आरोप लगाइन् । ‘आज तेलंगाना आएका प्रधानमन्त्री मोदीले यस राज्यको विकासमा केन्द्रको के योगदान छ भनेर बताउन असफल भए । मुख्यमन्त्रीले विगत आठ वर्षदेखि यही प्रश्न गर्दै आएका छन्, केन्द्रले राज्यका लागि के गर्यो ?’ विधायक कविताले भनिन् । –हिन्दूस्तान टाइम्सबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij