प्रकाशित मिति : सोमवार, कार्तिक २८, २०७९
दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार दिपक गिरीले तुलसीपुर ३ राम्री क्षेत्रको विकासका लागि योजनाबद्ध रुपले लाग्ने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राम्रीमा आइतबार भएको घरदैलो तथा भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सत्ता गढबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गिरीले आफू सिंचाई मन्त्री हुदाँ बृह्त सिचाई योजना तुलसीपुरमा ल्याएको स्मरण गर्दै यस्तै कार्यक्रम ल्याएर राम्री क्षेत्रको विकास गर्ने बताउनुभयो ।
उहाँले हावापानी, भौगोलिक बनोटले सुन्दर मानिने राम्रीलाई विषेश पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस अवसरमा दाङ क्षेत्र नं. ३(१) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरीले बहुबर्षे योजनामा राखेर तुलसीपुर– सल्यान हुँदै धाम जाने बाटो निमार्णका लागि २५ लाख छुट्याएको र अब छिट्टै एक करोड रकम बिनियोजन गरिदिने बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij