आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा र प्रचण्डले होलेरीबाट शान्ति र मेलमिलापको सन्देश दिने

  • प्रकाशित मिति : सोमवार, कार्तिक २८, २०७९



  • रोल्पा । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन ।

    कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न होलेरी आउने देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुन ।

    विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी आउन लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वर्षमान पुनले वताए । ‘जनयुद्धको केन्द्र रोल्पालाई अब शान्ति र मेलमिलापको केन्द्र वनाउने मिसन अघि सारेका छौं’, नेता पुनले भने ।

    दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी चौकी २ पटक आक्रमण गरेको थियो । होलेरी चौकी आक्रमण हुँदा देउवा गृहमन्त्री थिए भने दाहाल तत्कालीन विद्रोही माओवादीको महामन्त्री थिए । उक्त आक्रमण माओवादी नेता वर्षमान पुनको नेतृत्वमा भएको थियो ।

    एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन तथा प्रदेश सभा १ सोही पार्टीका जोखवहादुर महरा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका छन ।

    प्रदेश सभा २ निवर्तमान प्रदेश सभा सदस्य तथा माओवादी नेता दीपेन्द्र पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादीले उम्मेदवारी फिर्ता लिन भने पनि उनले मानेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij