आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चुनाव आइसक्यो, अन्योलमा मतदाता

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २९, २०७९



  • काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने बारेमा जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले राजधानीसँग भनिन् ।

    सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिका’दयगत भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् ।‘राजनीतिक दलका नेताकार्यकर्ता प्रचारप्रसारमा आइरहेका छन्, बाटोबाटै आउँछन्, जान्छन्, कसरी मत हाल्ने ?’ भन्ने कसैले पनि सिकाएका छैनन्,’ गोले भन्छन् ।

    काठमाडौंकै उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिका–४ का ८१ वर्षीय सीताराम लामिछाने आगामी निर्वाचनमा ‘चारवटा मतपत्रमा मतदान गर्नुपर्ने’ भन्ने’दयगत रेडियोबाट जानकारी पाएको बताउँछन् । ‘रेडियोले भनेको सुनेको हुँ, चारवटा मतपत्र हुन्छ रे !’ लामिछाने भन्छन्, ‘घरघरमा सिकाउन कोही आएका छैनन् ।’ आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ‘मतदाता शिक्षा कार्यक्रम’ लागू गरे पनि समुदायमा भने त्यसको प्रभाव न्यून देखिएको छ । कतिपय स्थानमा खटाइएका मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij