आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९



  • वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

    उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेका थिए।

    उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो।

    अख्तियारको टोलीले उनीबाट स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता भण्डारीले बताए।

    उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij