आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन उम्मेदवारलाई अग्रता (कसको कति ?)

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ६, २०७९



  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा ओखलढुंगा जिल्लामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा ओखलढुंगाबाट गठबन्धन उम्मेदवार अगाडि देखिएका हुन् ।

    प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारको भन्दा ७२२ मत बढी ल्याएका छन् ।

    निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार खतिवडाले ४ हजार ३ सय ९४ मत ल्याएका छन् भने सुनुवारको ३ हजार ६ सय ७२ मत छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

    यस्तै, २ निर्वाचन क्षेत्र रहेको प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार अगाडि रहेका छन् । आयोगले दिएको पछिल्लो जानकारीअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रदीप सुनुवारले अग्रता लिएका छन् । सुनुवारले ७ हजार ७ सय ६८ मत पाएका छन् । उनलाई एमाले उम्मेदवार अम्बिरबाबु गुरुङले पछ्याइरहेका छन् । गुरुङले ६ हजार १ ६० मतसहित पछ्याइरहेका छन् ।

    यस्तै, प्रदेश २ बाट गठबन्धनको तर्फबाट माओवादी नेता बाबुराम गौतम उम्मेदवार बनेका छन् । गौतमले ५ हजार ६ सय २८ मत पाएका छन् । गौतमलाई पछ्याइरहेका एमाले उम्मेदवार ज्ञानबहादुर खड्काले ५ हजार ४ सय ४३ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij