आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लिङ्देन आफू पनि जिते, राप्रपालाई ‘नयाँ’ दलमा ‘रिब्रान्डिङ’ पनि गरे

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ९, २०७९



  • झापा-३ बाट लगातार दोस्रोपटक विजेता बनेर संसद यात्रा निश्चित गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक व्यक्तिगत सफलता त दोहोर्‍याए नै, पार्टीको आकार पनि पहिलेभन्दा धेरै गुणा बढाउन सफल भएका छन्।

    बिहीबार आएको झापा-३ को अन्तिम चुनावी मत परिणामअनुसार ४० हजार ६ सय ४८ मत पाएर आफ्नो संसद यात्रा दोहोर्‍याउँदा उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई त्यो सफलताबाट रोके।

    राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बने। उनीहरूको मतान्तर ३ हजार २ सय ७६ छ। अघिल्लो चुनावमा लिङ्देनले १३ हजार ४ सय ४३ मतले सिटौलालाई हराएका थिए।

    २०७४ को निर्वाचनमा पनि लिङ्देन झापा-३ बाट प्रत्यक्ष निर्वाचित सांसद भएका थिए। तर कमल थापाको नेतृत्वमा रहेको राप्रपा त्यस बेला राष्ट्रिय दल बन्न सकेन। थापा आफैं पनि मकवानपुरमा हारेका थिए। कुल सदर मतको तीन प्रतिशत मत कटाएर थ्रेसहोल्ड पार गर्न नसक्दा संसदमा लिङ्देन एक्लैले राप्रपाको प्रतिनिधित्व गरे।

    पछिल्लो समय भने राप्रपाको पुरानो छवि कायाकल्प गर्न लिङ्देन सफल रहे।

    ‘पूर्वपञ्चहरूको पार्टी’ भनेर आलोचित हुँदै आएको राप्रपा नेतृत्वमा जसै उनी उदाए, पुराना पञ्चहरूकै दललाई पनि उनले ‘नयाँ’ दलका रूपमा ‘रिब्रान्डिङ’ गर्न सफल भए। झापा-३ मा उनले पाएको मत र राष्ट्रिय पार्टी बन्ने गरी देशभरबाट पाइरहेको मतले त्यही संकेत गर्छ।

    राजनीतिशास्त्रका विद्यार्थी अनुप सापकोटा वैचारिक रूपमा अनुदार बन्दै गए पनि नेतृत्व परिवर्तनलाई मतदाताले राप्रपाको रूपान्तरण ठानेको बताउँछन्। ‘नेपालमा दक्षिणपन्थको सबभन्दा ठूलो प्रवक्ता दल नै राप्रपा हो,’ उनले भने, ‘तर नेतृत्वमा आएको बदलावले मतदातालाई यो दल नौलोजस्तो लाग्यो।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पाएको मतलाई आक्रोशको मत भएको पनि बताए।

    सापकोटाले भनेजस्तै अवस्था मैदानमा थियो। चुनावअघि स्थलगत रिपोर्टिङका लागि झापा-३ पुगेको सेतोपाटी टिमले भेटेका मतदातामध्ये राप्रपालाई मत दिन्छु भन्नेहरू दुईवटा कारणले लिङ्देनलाई भोट दिने बताउँथे।

    पहिलो, यस क्षेत्रमा उनले गरेको विकास। दोस्रो, उनको दल नयाँ भएका कारण।

    ‘हामी त योपटक नयाँलाई भोट दिने,’ चुनावअघि झापा-३ मा उनलाई भोट दिने तयारी गरेका मतदाताले हामीसँग भनेका थिए, ‘योपालि राजेन्द्र लिङ्देनलाई दिने हो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij