आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही–३ मा राप्रपाका बोहोरा विजयी

  • प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९



  • प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । 

    बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् । यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहोरालाई भोट मागेका खाँण यसपटक उनै बोहोराका प्रतिस्पर्धी बने । बहालवाला गृहमन्त्री समेत रहेका खाँण यसअघि बोहोराका चुनावी कमाण्डर पनि थिए ।

    वि.सं.२०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै बोहोराको संसदीय राजनीति सुरु भएको हो । विक्रम संवत् २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका बोहोराको जीवनमा धेरै उतारचढाव आए । राजदरबारको रोजाइमा परिरहने बोहोराले रुपन्देहीमा कैयौँ विकासका काम पनि गरेका छन् । 

    वि.सं.२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र न.२ बाट संविधानसभा सदस्य निर्वाचित भई गणतन्त्र नेपालको संविधान बनाउन पनि बोहोराले महत्त्वपूर्ण योगदान दिएका थिए । पाँच वर्ष अगाडी २०७४ सालको निर्वाचनमा बोहोरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएर चुनावी कमान्ड सम्हालेका कांग्रेसका तत्कालीन नेता बालकृष्ण खाँणलाई अहिले उनले प्रतिस्पर्धामा हराएका छन् ।

    बोहोरा पटक पटक मन्त्री बनेका छन् । आपूर्ति मन्त्री २०७३, श्रम तथा रोजगार मन्त्री २०७२, वन तथा भूसंरक्षण मन्त्री २०६७ बनेर काम गरे । त्यसअघि यातायात मन्त्री २०४४, निर्माण तथा यातायात मन्त्री २०४३, पर्यटन राज्यमन्त्री २०४०, पर्यटन मन्त्री २०३८, पर्यटन मन्त्री २०३८ मा रही काम गरेका थिए ।

    पञ्चायतकालीन समय वि.सं. २०४० साल फागुन २० गते रुपन्देहीको सूर्यपुरामा भएको हत्याकाण्डले भने उनी आलोचित छन् । नेपाली कांग्रेसले सङ्गठन बिस्तार गर्न आयोजित कार्यक्रममा बोहोराले भिजलान्ते प्रयोग गरेर भिडन्त गर्दा दुई जनाको हत्या भएको थियो । त्यतिबेला कांग्रेस नेता गिरिजाप्रसाद कोइराला लगायतका ७ जना शीर्ष नेतालाई घरको कोठामा थुनेर बचाइएको थियो । नेपाली साहित्य कला क्षेत्रको अग्रणी व्यक्तित्व उन्नति बोहोरा शीलाको जीवनसाथी रहेका बोहोराको राजनीतिका विभिन्न कालखण्डको अनुभव लिएका छन् । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij