आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

त्रिविका कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल

  • प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९



  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यलयमा सोमबार विद्यार्थी नेता र कर्मचारीबीच हात हालाहाल भएको छ ।

    अखिल क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष प्रदिपराज कपाडी (भट्ट) र अध्ययन संस्थानका लेखा प्रमुख पवित्रकुमार बस्नेतबीच हात हालाहाल भएको हो । दुबै पक्षले आफूमाथि कुटपिट भएको भन्दै कारबाहीको माग गरेका छन् ।

    त्रिवि प्रगतिशील कर्मचारी संगठन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै लेखा प्रमुख बस्नेतमाथि छलफल चलिरहेको बेला अखिल क्रान्तिकारीका नेता कपाडीले हातपात गरेको बताएका छन् ।

    ‘त्रिवि व्यवस्थापन पक्षले छानबिन गरी न्यायको कठघरामा ल्याई दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाहीको लागि जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

    अनेरास्ववियु क्रान्तिकारीले पनि लेखा प्रमुख बस्नेतले अध्यक्ष कपाडीलाई सांघातिक आक्रमण गरेको दाबी गरेको छ ।

    विद्यार्थीको भर्ना शुल्क, परीक्षा शुल्क, आर्थिक अनियमितता र भ्रष्टाचारको बारेमा सूचना माग्दा लेखा प्रमुख बस्नेतले कपाडीमाथि आक्रमण गरेको अखिल क्रान्तिकारीको जिकिर छ ।

    संस्थानका डीन प्रा.भार्गव धितालले सामान्य हात हालाहाल भएको सुनेको बताए । ‘विद्यार्थी संगठन र कर्मचारीबीच छलफलको क्रममा हात हालाहाल भएको भन्ने सुनेको छु । विस्तृत जानकारी छैन’ उनी भन्छन् ।

    डीन कार्यालयमा तालाबन्दी

    विद्यार्थी भर्ना शुल्क, भौतिक संरचना निर्माणमा अनियमितता, कर्मचारी नियुक्ति लगायतका समस्या रहेको भन्दै सोमबारदेखि संस्थानको डिन कार्यालयमा अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले ताला लगाएका छन् ।

    विद्यार्थी संगठनहरुले शिक्षक भर्ना गर्दा प्रत्येक शिक्षकबाट पैसा असुल गरेको, बनेको संरचना भत्काएर ठेकेदारसँग मिलेमतोमा भ्रष्टाचार गरेको, त्रिवि कार्यविधि भन्दा बाहिर गएर विद्यार्थीबाट शुल्क असुलेको, आफन्त नियुक्ति गरेको, सूचना माग्न जाँदा कर्मचारीले हातपात गरेको लगायत विषय उठाएका छन् ।

    विद्यार्थी संगठनहरुले हुँदै नभएको कुरा उठाएर तालाबन्दी गरेको डिन धितालले बताए । ‘विद्यार्थी शुल्क बढी भयो भन्ने छ त्यो भर्ना शुल्क तीन वर्ष भन्दा अघिदेखिको हो, भौतिक संरचनाको भत्काउँदा भ्रष्टाचार गरेको, शिक्षक भर्ना गरी शिक्षकबाट पैसा असुल गरेको भन्ने रहेछ’ उनले भने ‘यस्तो हुँदै नभएको कुरालाई निहुँ बनाएर लगाएको तालाबन्दी खुलाउनको लागि कसरी छलफल गर्ने भन्नेमा कुरा हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij